यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर



फागुन १४ ।
हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ ।प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आइक्युएयरले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको हावाको गुणस्तर संवेदनशील केही समूहका लागि अस्वस्थकर देखिएको छ ।

सन् २०१९ मा नेपालमा हावाको गुणस्तर मापक पीएम स्केल पीएम २।५ औसत ४४ दशमलव ४६ मायक्रोग्राम प्रति वर्गमिटर थियो । सन् २०१८ मा यो सूचक ५४ दशमलव १६ माइक्रोग्राम प्रति वर्गमिटर थियो । यसले नेपालमा हावाको गुणस्तरमा सुधार भएको देखाएको छ ।आइक्युएयरको तथ्यांक अनुसार नेपालको सबैभन्दा प्रदूषित शहर काठमाडौं हो । काठमाडौंको हावाको गुणस्तर सूचक ९एक्युआई० १३४ छ । काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पनि १३७ औं स्थानमा छ ।दोस्रो प्रदुषित शहर वीरगञ्ज हो । वीरगञ्जको हावाको गुणस्तर सूचक १२८ छ । यीबाहेक नेपालका शीर्ष १० प्रदूषित शहरमा सिद्धार्थनगर, धनकुटा, कीर्तिपुर, बुटवल, भक्तपुर, भरतपुर, पोखरा र तुलसीपुर छन् ।यस्तै, सन् २०१९ मा भारतीय शहर विश्वभर सबैभन्दा प्रदूषित देखिएका छन् । प्रतिवेदनले सार्वजनिक गरे अुनसार सबैभन्दा प्रदुषित २० शहरमा १४ ओटा भारतीय शहर छन् ।

यो खबर आजको आर्थिक अभियानमा प्रकाशित छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता