गुल्मीमा आगलागी हुँदा एक घरमा क्षति



अनिल खत्री ५ फागुन, गुल्मी ।

गुल्मीको इश्मा गाउँपालिका–५ दमारामा बिहीबार आगलागी भएको छ ।

आगलागीबाट स्थानीय राजु घर्तीको घरमा क्षति पुगेको इश्मा गाउँपालिकाका कार्यपालिका सदस्य बोमबहादुर कुमालले जानकारी दिए ।घर्तीको खरको छानो भएको २ तले घर जल्दा घरमा भण्डारण गरी राखेको अन्नपात समेत जलेर नष्ट भएको उनले बताए ।

आगलागीबाट घर्तीको १० वटा बाख्रा, १ वटा गाई जलेर मरेको उनले बताए । दुईवटा गाई जलेर घाइते अवस्थामा रहेको उनले बताए । घरको छेउमा बाँधेका गाई–बाख्रा आगलागीमा परेको कुमालले बताए ।

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब ३ लाख रुपैयाँ बढीको क्षति भएको कुमालले बताए ।

आगलागीको वास्तवीक कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता