गुल्मीमा गोरु काटेको आरोपमा दुई जना पक्राउ



२८ कार्तिक, गुल्मी ।

 गुल्मीमा गोरु काटेको आरोपमा दुइ जना पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका आठका दुई जनालाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा वर्ष ४६ का राम बहादुर नेपाली र वर्ष २४ का कृष्ण नेपाली रहेका छन् ।

बिहिवार घर नजिकै गोरु काटेको भन्ने सुचना स्थानीयले दिएपछि शुक्रबार गुल्मी प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता