गुल्मीको मदाने गाउँपालिकामा अझै पनि दलितको दुध चल्दैन, डेरीमा बेच्न पाईदैन !



भदौ ३०-गुल्मी  ।

मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष भयो । विस २०६३ साल जेठ २१ गते देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । राज्यले कानुन र संविधानमा छुवाछुत गर्ने पाईदैन भने पनि समाजमा अझै पनि छुवाछुतले जरो गाडेको छ ।
अहिले पनि खुल्लेयाम सार्वजनिक स्थलमा दलित माथी विभेद गरिन्छ । जसको पछिल्लो उदाहरण हो मदाने गाउँपालिकामा गरिएको विभेद ।
मदाने गाउँपालिका -६ पुर्कोट दहमा ‘पुर्कोट दह दुध संकलन केन्द्र समिति’  द्धारा सञ्चालीत दुग्ध डेरीमा दलितले आफ्नो दुध बेच्न पाएका छैन ।

मदाने गाउँपालिका -६ पुर्कोट दहको क्षेत्र दलित बस्तीको बाहुल्यता रहेको क्षेत्र हो । त्यस क्षेत्रका २० देखी २५ घरधुरीले भैंसी पालन गरी दुध उत्पादन गर्दै आएका छन् । घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् । भने अर्को तर्फ स्थानीय सरकारले पशुपालन बाट किसानको आम्दानी बढाउने र कृषकलाई आत्मर्नीभर बनाउने योजनालाई गिज्याई रहेको छ । स्थानीय एक दलित अगुवाले भने हाम्रो दुध डेरीमा पनि चल्दैन हामीलाई समुहमा पनि मिसाईएको छैन , हाम्रो दुध खेर गैइरहेको छ ।

त्यस्तै स्थानीय तथा दलित मुक्ती मोर्चा गुल्मीका अध्यक्ष बसन्त गैरेले दलितहरुलाई झन अपहेलना गर्छन की भन्ने डरले कतै उजुर गर्ने नसकेको बताए । डरका कारण आफुहरु अन्याय सहेर बस्न बाध्य भएको गुनासो गरे ।
विगत तीन वर्ष देखी सञ्चालीत उक्त डेरीमा दलितले ल्याएको दुध मिसाए दुध बिकदैन कि भनेर दुध नराखिएको दुग्ध डेरीका सञ्चालक शोभाखर पोख्रेलले बताए । उनले भने “पहिला दुध राखिनथ्यो पछि दलितको पनि दुध मिसिन्छ भनी हल्ला भएपछि दुध बिक्री हुन छोडेपछि राख्न छोडियो “। मदाने गाउँपालिकामा प्रशस्त मात्रमा दुध उत्पादन हुने हुदाँ बजारीकरणको समेत समस्या रहेको उनले सुनाए ।

गाउँपालिकाको सहयोगमा  सञ्चालीत दुग्ध डेरीमा दलितलाई समावेश नगर्नु र दुध बिक्री गर्दा विभिन्न बाहनामा रोक लगाउनु दुःखत विषय हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता