सबै व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बर अफ कमर्शको अनुरोध



सन्तोष महतारा गुल्मी, ०३ भाद्र ।

चेम्बर अफ कमर्श गुल्मीले जिल्लास्थित व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अनुरोध पत्र बुझाउँदै गुल्मी चेम्बर अफ कमर्शले गुल्मी जिल्ला भर रहेका सबै प्रकारका व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपानेले जानकारी दिए ।

देशको अर्थतन्त्रलाई माथि उकास्ने र ठुलो मात्रामा राज्यलाई कर तिर्ने सबै प्रकारका व्यवसायीहरुलाई कोरोना विरुद्धभएको खोप अझै उपलब्ध नभएकोले जिल्लास्थित सबै व्यवसायीलाई खोपको उपलब्ध गराउन माग गरिएको गुल्मी चेम्बर अफ कमर्शले जनाएको छ । अनुरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीहरुलाई लक्षित गरि अझै खोप नआएकोले बचत भएको खोपमा आधारमा उपलब्ध गराउने बताइन् ।

जिल्लामा आएर लक्षित समूहले लगाएपछि बचत भएको खोप चरणबद्ध रुपमा प्राथमिकताका आधारले व्यवसायीलाई उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । व्यवसायीलाई खोप उपलब्ध नभएको बिषयमा आफुलाई ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले कुनै न कुनै मापदण्डमा आधारमा संख्यात्मक हिसाबले खोप उपलब्ध गराउने प्रतिक्रिया दिइन् ।

गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपाने, बरिस्ठ उपाध्यक्ष बिरेन्द्र भुसाल, उपाध्यक्ष रेमलाल पाण्डे, महासचिव कृष्ण प्रसाद भण्डारी र सचिव यज्ञश्वर पन्थीको समूहले जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अनुरोध पत्र बुझाएका हुन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता