गुल्मीमा जेसिबिले ढुङ्गा पल्टाउदा विद्यालय जादै गरेका विद्यार्थीको मृत्यु !



 जेठ २६ गुल्मी ।

गुल्मीमा मोटरबाटो सोर्ने क्रममा पल्टिएको ढुङ्गाले लागेर विद्यालय जान लागेका एक जना विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ३ मा स्थानीय मैदान ठुलापोखराको ग्राभेल भएको बाटो सोर्न क्रममा पल्टिएको ढुङ्गाले स्थानीय पृथ्वी माविमा अध्ययन गर्ने १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको छ ।

आज बिहान करिब ९ :३० बजे तिर ८५८ (ex) नम्बरको जेसिबिले पल्टाएको ढुङ्गाले लागेर घाइते भएका रायमाझीको जिल्ला अस्पताल तम्घास ल्याउने क्रमामा मृत्यु भएको बताईएको छ । घटना बारे अनुसन्धान भैइरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता