किसानको लागि यस्ता छन् :मालिकाका नीति तथा कार्यक्रम

असार ७ गुल्मी ।
मालिका गाउँपालिका गुल्मीले आगामी वर्ष २०८२/८३ को लागि आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पालिकाले कृषि र पशुपालनलाई उच्च प्राथमिकतामा राख्दै किसान मैत्री कार्यक्रम प्रस्तुत गरेको । शुक्रबार पालिका अध्यक्ष देवीराम अर्यालले कृषि र पशुपालन क्षेत्रमा प्रस्तुत गरेका नीति तथा कार्यक्रम यस्ता छन् ।
युवा उद्यमशिलता विकास परियोजनालाई निरंतरता दिने,खोरेत रोग मुक्त पालिका घोषणा गर्न अभियाननै सञ्चालन गर्ने ,सामुदायिक तथा घरपालुवा कुकुरको स्थायी वन्ध्याकरण र भ्याक्सिन कार्यक्रम सञ्चालन गर्ने ,गाउँपालिका भित्र अमुल्य जडिबुटी रोपणको लागि किसानलाई प्रोत्साहन गर्ने ,बसाइँसराइ रोक्न सामुदायिक खेती प्रणालीको अवधारणा विकास गर्ने ,किसानलाई कृषि उपकरण प्रदान गर्ने ,सबै वडामा कम्पोस्ट मल र झोल मल बनाउने तालिम प्रदान गर्ने ,तरकारीमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने नीति पनि पालिकाले लिएको छ ।
त्यस्तै पहिलो बेत ब्याउने पाडीलाई सुत्केरी भत्ताले प्रोत्साहन गरिने छ, नीति तथा कार्यक्रममा भनिएको छ किसानलाई मागको आधारमा तालिम सञ्चालन गरिने छ ,बाली संरक्षण नीति ,कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने विभिन्न प्रकारका प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।