इस्मा सम्पर्क समाज रुपन्देही द्धारा परिचय भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम



रिया बस्नेत बुटवल ।
हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिज को अवसरमा इस्मा सम्पर्क समाज रुपन्देहिले बृहत् परिचय भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम तिलोत्तमाको ड्राईभरटोलमा भव्य रुपमा सम्पन्न भएको छ । पत्रकार महासंघ रूपन्देहिका अध्यक्ष यानेन्द्र जि.सि र सोहि गाउँपालिकाका वडा अध्यक्षहरु र विभिन्न समाजिक व्याक्तित्वहरु लगायत महिला दिदी बहिनीहरू को बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरु ,तस्वीर रिया बस्नेत ।

कार्यक्रममा उपस्थित आदरणिय समाज सेबी व्याक्तितो हरुलाई सम्मानका संगै मायाको चिनो प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जारि गरेको विज्ञप्ति लाई सहि सुझाब रुपमा लिएका छौ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद भण्डारिले “कति पय ठाउँमा तिजको नाममा छाडा प्रवृति बाईन बियर खाने र गहना प्रदर्शन का साथै गाउको कतिपय ठाउमा तिजको मेलाको नममा आपसि लडाई झगडा गर्ने जस्ता क्रियाकलाप भएका हुदाँ कति पय ठाउँको यस्तो घटनाले हामिलाई छोएको मात्र हो तर कसैलाई अप्ठे्यारो हुने किसिमले यो कार्यक्रम गरेको छैनौ ” । कला संस्कृतिलाई जोगाउनु हाम्रो कर्तव्य हो कला ,संस्कृत ,धर्म ,जाति , राजनैतिक कसैलाइ आक्षेप नलागाउने किसिको गित गाउन भन्दै छाडापन र उत्ताउलो तरिकाबाट हैन संस्कृतिलाई सम्मान गर्ने गरि तिज मनाउन सबैलाई अग्रह गर्नु भएको छ ।साथै यो कार्यक्रमम हामिले कुनै गाउँपालिका बाट आएको रकम र संस्थाको कोष बाट खर्च नगरि आफ्नौ गल्ति बाट उठाएर बर्षका १ पटक तिजको अबसर पारि सबै सगँ को भेटघाट र परिचय होस भन्ने उदेश्यले यो कार्यक्रम राखेको सोहि संस्थाका अध्यक्ष बाबुराम गौतम बताउछन। यहि परिचयात्मक कार्यक्रमको सोअबसरमा ईस्मा सम्पर्क समाज रुपन्देहिले पुरानो समिति बिघटन गरि बाबुराम गौतमको अध्यक्षतामा नयाँ कार्य समिति पुनर्गठन गरेको ।कार्यक्रम सुरुवात देखी अन्तिम सम्म जम्मा भएका दिदी बहिनीहरूले बर्षौ पछिको भेटमा आ(आफ्ना मनको भाब गित माफर्त व्यक्त गर्दै छमछमी नाचेरहेका थिए ।

कार्यक्रममा नृत्य प्रस्तुत् गदैं महिलाहरु ,तस्वीर रिया बस्नेत ।

कार्यक्रका संयोजक बाबुराम गौतमको अध्यक्षता तथा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारिको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन लोक प्रसाद खरेले गरेका थिए

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता