इस्मा गाउँपालिका द्वारा २०७८ सालको भित्तेपात्रो विमोचन



बैशाख -१३ गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकाले नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो विमोचन गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट,उपाध्यक्ष बिमला खत्री ,प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका हुन ।
भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले इस्मा गाउँपालिकाले पहिलो पटक सबै क्षेत्र तथा सांस्कृतिक महत्त्व बोकेका मठमन्दिर तथा धार्मिक स्थललाई समेटी भित्तेपात्रो प्रकाशन गरेको बताए ।

त्यस्तै उपाध्यक्ष बिमला खत्रीले सबै क्षेत्रको पहिचान झल्कने गरि भित्तेपात्रो प्रकाशन गरिएको उल्लेख गरे ।
त्यस्तै यता कार्यक्रमका अध्यक्ष समेत रहेका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकाले
गरेका आफ्ना काम लिपिपद्द गर्दै जाने, पुराना काम तथा स्थानको संरक्षण गर्दै जानु पर्ने धारण व्यक्त गर्दै तेस्ता गतिविधि वार्षिक भित्तेपात्रोमा समावेश गरिएको उल्लेख गरे ।
कार्यक्रममा वडा अध्यक्ष , गाउँपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन गाउँपालिका सुचना प्रविधि अधिकृत बालु थापा गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता