आयोगले मात्र देशमा भ्रष्टाचार रोक्न नसक्ने आयुक्त डा. सावीत्री थापा



सूर्य सुनार -पौष २४ गुल्मी । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त डा.सावित्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र देशमा भ्रष्टाचार रोक्न नसक्ने भन्दै हामी सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । अनियमिता भयो भन्दैमा हामीले कारबाही गर्न नसक्ने उहाँले बताउनुभयो । किन कि त्यो कार्यक्षेत्र आयोगलाई नभएकाले देश चलाउने राजनिकि दलका नेताहरुले विशेष ख्याल गर्नुपर्ने को भनाई थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुखले सानो मान्छे वा कार्मचारीलाई आयोगले समाउने तर ठुला मान्छे तथा कर्मचारीलाई नसमाउने भने सुनिन्छ तर कानुनको दायरमा जो कोहिलाई पनि कारबाही गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा सुशासन, सदाचार, संस्थागत सम्बन्ध सुधार गर्न , सार्वजनिक सेवालाई प्रभावकारी बनाउन, विकास सम्बन्धी कामलाई गुणस्तरिय बनाउन प्रशासनले काम गरेको बताउनुभयो । प्रशासन बाट दिने सेवा सरल, सहज, र गुणस्तरिय सेवा प्रदान गर्ने तर्फ आफु लागि पर्ने बताउनुभयो । नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टचार नियन्त्रण सम्बन्धी पुरा अधिकार हुनुपर्ने लगाएतका जिज्ञासा राख्नुभएको थियो । भ्रष्टाचार नियन्त्रणको लागि स्थानिय स्तरमा सचेतना कार्यक्रम गर्न आवश्यक देखिन्छ । भ्रष्टचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरे पनि भ्रष्टाचार नियन्त्रण भने हुन सकेको छैन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता