अरिंगालको टोकाइबाट बालकको ज्यान गयो !



अर्घाखाँची  

अर्घाखाँचीमा सन्धिखर्कमा अरिंगालको टोकाइबाट बालकको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका– ५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको ज्यान गएको हो ।

स्थानीय गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्ने बालक सोमबार बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगई नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो ।

अरिंगालले टोकेपछि नजिकैको एक घरमा गएर बालकले आफूलाई अरिंगालले टोकेको जानकारी गराएका थिए । बालकलाई अरिंगालले टोकेको थाहा पाएपछि स्थानीय पार्वता मुखियाले बालकको घरमा खबर गरेकी थिईन् । त्यसपछि बालकको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

गम्भीर घाइते भएका बालकको अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको निम्ति अन्यत्र लैजानुपर्ने बताएको थियो । आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसकिएका कारण बालकको ज्यान गएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता