खाजा खर्च जोगाएर शिक्षक, विद्यार्थी द्धारा मृगौला पीडीतलाई आर्थीक सहयोग



डिबि खड्का, फागुन २५ गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका वडा नम्वर आठ स्थित् रिर्डस पब्लिक हाई स्कुलका विद्यार्थी र शिक्षकहरुले उदाहरर्णी कार्य गरेका छन् ।
मृगौला पीडीत रेसुंगा नगरपालिका ८ का युगल भुजेललाई एकदिन बराबरको खाजा खर्च जोगाएर तीस हजार पाँच सय २० रुपैयाँ सहयोग प्रदान गरी उदाहरणीय कार्य गरेका हुन ।
दुबै मृगौला फेल भएर उपचार गराई रहेका भुजेलको आर्थीक अवस्था अन्यन्तै कम्जोर रहेकोले केही राहत होस भनेर आर्थीक सहयोग प्रदान गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

सबैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भलामीको अपिल ।

रेसुंगा नगरपालिका वडा नम्वर आठका वडा अध्यक्ष भरत भलामीले मृगौला पीडीत युगल भुजेललाई सक्दो सहयोग गर्ने सबै माझा अपिल गरेका छन् ।
वडा कार्यलय तथा नगरपालिका बाट आफुहरुले सक्दो सहयोग गर्ने बताउदै युगलको उपचारको लागी आफुले व्याक्तीगत पहल गरिरहेको बताए ।
उनको आर्थीक अवस्था कम्जोर रहेको तर वडा कार्यलय तथा नगरपालिकाले सिमित सहयोग गर्ने निति तथा नियम हुँदा आफु व्याक्तीगत रुपमा लागी परको उल्लेख गरे ।

युगल भुजेल खेल प्रेमी संगै गुल्मी जिल्लाका चर्चीत फुटबल खेलाडी हुन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता