मुसिकोटका २० जना युवाहरुलाई विद्युत वाईरिङ सम्बन्धी नि: शुल्क तालिम



फागुन २५ गुल्मी ।

मुसिकोट नगरपालिकाका २० जना युवाहरुलाई विद्युत वाईरिङ सम्बन्धि नि: शुल्क तालिम प्रदान गरिने भएको छ ।
युवा उद्यमी कार्यक्रम अन्तर्गत तुराङ बहुप्राविधिक शिक्षालयको सहयोगमा युवाहरुलाई २७ दिनको तालिम दिईने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ ।
तालिमको बुधबार मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले एक समारोहका बिच उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बोल्दै सापकोटाले सिप भनेको कुरा संसार भर काम लाग्ने बताउदै राम्रो सङ विद्युत वाईरिङको काम सिक्न युवालाई आग्रह गरेका छन । हातमा सिप भएको मान्छेको कहिल्यै भोकै मर्नु नपर्ने बताउदै युवाको माग र अहिलेको आवश्यकतालाई मध्यनजर गरि तालिमको आयोजना गरिएको उल्लेख गरे ।
उद्घाटन समारोहमा मुसिकोट नगरपालिकाका रोजगार शाखाका प्रमुख,तुराङ बहुप्राविधिक शिक्षालयका क्याम्पस प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता