करदाता सेवा कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा घिमिरे सम्मानित



सुमन महतारा -मंसिर ८ गुल्मी ।

दशौ रास्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम मंगलबार सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । मंगलबार करदाता सेवा कार्यालय तम्घासमा आयोजना गरिएको थियो । कार्यक्रममा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी सरिता अर्याल घिमिरे सम्मानित भएकि छन् ।कार्यालयको कार्यसम्पादन मुल्यांकनको आधारमा घिमिरे सम्मानित भएको प्रमुख चिरञ्जीवी बस्यालले जानकारी दिएका छन ।

पहिलो दिन कर सत्ताहको उद्धघाटन तथा सबै भन्दा बढि आयकर तिर्ने करदातालाई सम्मान गरिएको थियो । दोस्रो दिन सत्यवती खैरेनीमा करदाता शिक्षा कार्यक्रम गरिएको हो । चौथो दिन जिल्ला स्थित सरकारी कार्यालय र विद्यालयलाइ कर सम्बन्धी तालिम कार्यक्रम गरिएको थियो । पाचौँ दिन रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थी संग कर शिक्षा कर सम्बन्धी गित र नारा सहित अटो रिक्सामा बजार परिक्रम गरिएको थियो भने आज सम्मापनको दिनमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी सरिता अर्याल घिमिरेलाई सम्मान गरी कार्यक्रम समापन गरिएको करदाता सेवा कार्यालयका प्रमुख चिरञ्जीवी बस्याले जानकारी दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल द्वारा उद्धघाटनमा सबै भन्दा बढि आयकर तिर्ने करदातालाई सम्मान गरिएको थियो । आज उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान हुनु भनेको नागरिक र कर्मचारी बिचको सम्बन्ध राम्रो भएको बताएका छन् । नागरिक र कर्मचारी बिच राम्रो सम्बन्ध भएमा मात्र उदेश्य अनुसार काम गर्न सकिने उनले बताए । सरकारले गरेको सम्मान सानो नहुने हुदाँ अझै प्रगति र उन्नतीको प्रमुख जिल्ला अधिकारी शर्माले कामना गरेका थिए ।

यो सम्मानले सेवाग्राही संग काम गर्नको लागि र कर्मचारी सङ्ग सहकार्य गर्न थप प्रेणा मिलेको र थप उर्जा थपिदिएकोमा घिमिरेले कर सेवा कार्यालयलाई धन्यवाद दिएकी छन् ।

कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका महासचिब ताराप्रसाद भुसाल, गुल्मी चेम्बर अफ कमर्स उपाध्यक्ष विरेन्द्र भुसाल, कोष तथा लेखा नियन्त्रक कार्यालयका कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवाली, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण घिमिरे, लगाएतको उपस्थित रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता