महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार !



दिपक पाण्डेय

महोत्तरी,१८ फाल्गुण ।

महोत्तरीमा आईतवार विहान करिव २ बजे गोली चल्दा एक पुर्व शिक्षक घाईते भएका छन । जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं। ३ सोनौलका ६१ वर्षिय पुर्व शिक्षक सहदेव प्रसाद यादवको कोखामा गोली लाग्दा उनी घाईते भएका हुन । उनको उपचार जनकपुर स्थित जानकी हेल्थ केयरमा भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

गोली हान्ने व्यक्तिको पहिचान नखुलेपनि शंकास्पद केहि व्यक्तिलाई प्रहरीले निगरानीमा राखेको डिएसपी बुढाथोकीले वताए । विहान पिसाव फेर्न घर वाहिर निस्केका यादवलाई गोली हानिएको हो । डिएसपी बुढाथोकीले गोली हान्नुको कारण भने अहिले नखुलेको बताए । घाईते यादवको अवस्था गम्भिर छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता