अखिल (क्रातिन्कारी) गुल्मी द्धारा २२ औं सम्मेलनको तयारी तिव्र



चैत-३१ गुल्मी ।

नेत्र विक्रम चंन्द विप्लव नेतृत्वको नेपाल कम्यिुष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीले आफ्नो २२ औं राष्ट्रिय सम्मेलन र प्रथम जिल्ला भेलाको तयारीलाई तिव्रता दिएको छ ।
बैशाख ३१ गते बाट सुरु हुन गईरहेको २२ औं राष्ट्रिय सम्मेलन र बैशाख तीन गते हुन गैइरहेको प्रथम जिल्ला भेलालाई लक्षीत गरी विभिन्न कार्यहरु अगाडी बढाईएको र तयारीलाई तिव्रता दिईएको अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले जानकारी दिए ।
प्रतिबन्को बखत भुमिगत बनेको संगठन प्रतिबन्ध खुले पछि खुल्ला राजनितिमा आउदैं संगठन विस्तार तर्फ लागेको खत्रीले बताए ।
अहिले जिल्लाका विभिन्न विद्यालयमा कमिटि विस्तार र संगठनका एजेण्डा विद्यार्थी माझ प्रस्तुत गरीरहरेको अखिल (क्रान्तिकारी) गुल्मीले जनाएको छ ।
त्यस्तै संगठनले भित्ते लेखन मार्फत पनि आफ्नो सम्मेलन र नाराहरु जनता माझ प्रकट गरिरहेको संगठनको दावी छ ।
पछिल्लो समय सो संगठनले सदरमुकाममा विभिन्न चोक र ग्रमीण क्षेत्रका चोक चोकका वालमा अखिल क्रान्तिकारी जिल्दावाद, २२ ओै राष्ट्रिय सम्मेलन सफल पारौं, वैज्ञानीक शिक्षा लागु गरौं , शैक्षिक दलाल होसियार, एकिकृत जनक्रान्ति जिन्दावाद जस्ता नाराहरु लेख्दै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता