श्रम मन्त्री बिष्टलाई नेकपाको श्रम तथा रोजगार बिभागको जिम्मेवारी



काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेकपाको श्रम विभागकै जिम्मेवारी पाएका छन् । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको ३ वटै विभागहरुको जिम्मेवारी बाडफाँटको टुंगो लगाएको थियो । नेकपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई श्रम तथा रोजगार विभागकै प्रमुख बनाएको हो । उप प्रमुखको जिम्मेवारी भने रामेश्वर राय यादवले पाएका छन् । श्रम मन्त्रालयको नेतृत्व गर्दै यथेष्ठ सुधारका प्रयास गरिरहेका मन्त्री बिष्टलाई पार्टीले समेत सो सम्बन्धी विभागकै प्रमुख बनाएको हो
कर्पोटि नेपाल बाट

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता