वर्तमान सरकार जनताको हितमा छैनः नेता श्रेष्ठ



माघ ३ ।
नेपाली काग्रेंस गुल्मीका पार्टी सभापती भुवन प्रसाद श्रेष्ठले वर्तमान सरकार जनताको हित र जनताको स्वास्र्थमा नरहेको बताएका छन् ।
शनिवार नेपाली काग्रेंसले आयोजना गरेको संसद विघटन विरुद्धको विरोध सभालाई सदरमुकाम तम्घासमा सम्वोधन गदै उनले यस्तो बताएका हुन । वर्तमान सरकार जनताको हित र स्वास्र्थमा नलागी आफ्नै आन्तरीक कलह र भागवण्डामा लागेको उनको आरोप छ ।
देश गम्भीर संकटमा पर्दा,भ्रष्टाचारले आकाश छुदा र जनता कोरोनाको चपेटामा पर्दा पनि जनता प्रती कुनै उत्तरदायित्व नदेखाएको उल्लखे गरे ।
साथै अहिलेको यो अवस्था केपि ओलीका कारण सिर्जना भएको दावी उनको रहेको छ ।

 

ओलीकै कारण राजवादीहरु सडकमा र माओवादीहरु जंगलमा चलबलाएको उनको भनाइ छ । संसद विघटन गरेर चुनावमा जादा काग्रेंसलाई फाइदा भएतापनि देशलाई घाटा र देश अस्थिरता तर्फ धकिल्ने स्मरण गदै संसद विघटनको चौतर्फीक विरोध गर्नु पर्ने बताउदै संसद पुनः स्थापनाको माग समेत श्रेष्ठको रहेको छ ।
नेपाली काग्रेंसको रेसुंगा नगरसमितिले आयोजना गरेको विरोध सभामा नगर सभापती छवी पाण्डेको अध्यक्षता , नोपली काग्रेंसका नेता शालिकराम पन्थीको विशेष आतिथ्यता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता