मेगा बैंक रुरु शाखाले अतिबिपन्न तीन जना छात्रालाई निशुल्क पढाउने !



गुल्मी ।

मेगा बैंकले अतिबिपन्न परिवारका तीन जना छात्रालाई निशुल्क पढाउने भएको छ । आर्थिक अवस्था अति कमजोर भएका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप ुशिक्षा नै ज्योति अभियानु अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २ जना छात्रालाई निशुल्क पढाउने निर्णय भएको र रुरु शाखाले भने ३ जना छात्राहरुलाई निशुल्क पढाउन लागेको बैंकले जनाएको छ ।

बैंकको सोही निर्णय अनुसार गुल्मीको बलेटक्सारमा रहेको रुरु शाखाले पनि ३ जना अति बिपन्न परिवारका छात्राहरुलाई निशुल्क पढाउन लागेको रुरु शाखा शाखा प्रबन्धक बिज्ञान पन्तले बताए । पन्तका अनुसार प्रत्यक बर्ष ३ जना विपन्न परिवारका छात्राहरुले पढ्न पाउँनेछन ।

आर्थिक अवस्था कमजोर भएका, बाबा आमा नभएका वा अत्यन्तै पिडित ९भुकम्प, आगोलागि, बाढि० आदि परिवारका छोरीहरुलाई पहिलो प्राथमिकतामा राखेर पढाउने प्रबन्धक पन्तले बताएका छन् ।

मेगा बैंकले प्रत्येक बर्ष १ बिद्यार्थी बराबर ११ हजार रुपैया उपलब्ध गराउँने र गराईराखेको प्रबन्धक पन्तले बताएका छन साथै उनिहरुलाई समय समयमा शैक्षिक सामाग्री पनि बैंकले उपलब्ध गराउने छ ।

हाल रुरुक्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत ३ जना छात्रालाई बैंकले निशुल्क पढाईरहेको छ ।

शिक्षामा बालिकाहरुको पहँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न यस कार्यक्रम लिएको बैंकले जनाएको छ ।

यहि कार्यक्रम अनुसार सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यो छात्रवृत्तिले शाखा संचालित वडा(पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

यसका साथै, सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका छात्राहरुलाई पढाउने लगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ुबेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२ु र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ुवुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२ु समेत जितेकी थिईन् । नेपालभरि मेगा बैंकका २०७ शाखा रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता