मालिका गाउँपालिकामा लैंगिक हिंसा अन्त्य सम्बन्धि १६ दिने अभियान सम्पन्न !



मङ्सिर -२४ गुल्मी ।

मालिका गाउँपालिकाले सुरु गरेको लैंगिक हिंसा अन्त्य सम्बन्धि १६ दिने अभियान सम्पन्न भएको छ ।
मङ्सिर ९ गते गाउँपालिकाको वडा नम्बर १ नेटा देखी सुरु गरिएको अभियान मङ्सिर २४ गते वडा नम्बर आठ सिमलटारीमा सम्पन्न भएको हो ।
सबै वडामा पुगेर विभिन्न माध्यम बाट लैङ्गकि हिंसा भनेको केहो, लैङ्गकि हिंसा कसरी हुन्छ, गाउँपालिकामा लैंगिक हिंसाको अवस्था कस्तो छ,यसको कसरी अन्त्य गर्न सकिन्छ भन्ने बारेमा जनतालाई बुझाईएको गाउँपालिकाका उपाध्यक्ष देवा अर्यालले बताईन ।
त्यस्तै आज सिमलटारीमा भएको समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले लिंगका आधारमा गरिने शारिरीक हिंसा,मानसिक हिंसा,सामाजिक साँस्कृतिक हिंसा,यौनिक वा यौन हिंसा र आर्थिक हिंसानै लैंगिक हिंसा रहेको बताउदै लैंगिक हिंसा अन्त्यको लागी गाउँपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको र यस्ता कार्यक्रमले हिंसाहरु क्रमशः घट्दै गएको बताए ।

गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक देवा अर्यालले कोहि पनि लैंगिक हिंसा सहेर नबस्न आग्रह गरेकी छन् । न्याय पाउने ठाउँ धेरै रहेको तर्क गर्दै गाउँपालिकाको न्यायीक समितीमा आउन समेत आग्रह गरेकी हुन ।

आज समापन कार्यक्रममा मालिका माध्यमिक विद्यालयका विद्यार्थी , प्रधानाध्यापक हेमराज पौडेल , पत्रकार गगनशिला खड्का,वडा अध्यक्ष टीका जिसि लगायतले मनव्य राख्दै लैंगिक हिंसाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका सम्पर्क ब्याक्ती चन्द्र श्रीस र प्रशासन सहायक मधु घर्तीले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता