मालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि घमिरको देवीस्थान माविले उचाल्यो !



फागुन ४ गुल्मी ।
राष्ट्रको लागि खेलकुद ,स्वास्थ्यको लागि खेलकुद र हामी सबैको लागि खेलकुद भन्ने मुल नाराका साथ मालिका गाउँपालिका द्वारा आयोजित राष्ट्रपति रनिङ शिल्डको उपाधि देविस्थान माद्यामिक विद्यालयले उचालेको छ । वडा नम्बर सात घमिर स्थित सो विद्यालयले १२ स्वर्ण, ३ रजत र ६ कास्य पदक सहित कुल २१ पदक हात पार्यो भने पहिलो हुँदै राष्ट्रपति रनिङ शिल्ड समेत आफ्नो पक्षमा पार्न सफल भयो। त्यस्तै वडा नम्बर पाँचको छापहिले माद्यामिक विद्यालय दोस्रो भएको छ । सो विद्यालयले ७ स्वर्ण, ५ रजत र ३ कास्य पदक गरि १५ पदक जितेको खेल संयोजक कपिल रेग्मीले जानकारी दिए । त्यस्तै तेस्रो भएको वडा नम्बर आठको मालिका माविले ४ स्वर्ण, १२ रजत र ४ कास्य पदक सहित २० पदक जितेको छ ।
राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए , भने ११ विद्यालयका छ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेको सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्डले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुराउने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
फागुन १ गते जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्री द्वारा उद्वघाटन गरिएको प्रतियोगिता फागुन ३ गते समापन भएको थियो । समापन समारोहलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले सम्बोधन गरेका थिए ।

प्रतियोगितामा विद्यार्थीहरु प्रतिस्पर्धा गर्दै :तस्वीर डिबी खड्का ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता