माओवादी केन्द्र धुर्कोट रूपन्देही सम्पर्क कमिटी गठन



बुटबल, ०४ चैत ।

नेकपा माओवादी केन्द्र गुल्मी धुर्कोट रूपन्देही सम्पर्क कमिटीको गठन गरिएको छ । धुर्कोट गाउँपालिकामा स्थायी बसोबास भइ रोजगारीको लागि बुटवलमा बस्ने नागरिकहरूको भेलाबाट बिहीबार कमिटी गठन गरिएको हो ।

कमिटीको अध्यक्षमा प्रकाश भण्डारी निर्विरोध निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा नन्दराम कुँवर, शिवलाल पोखरेल, कमला शर्मा र संगम खवास, सचिवमा सागर खनाल, सह -सचिवमा सन्तोष भुसाल, रविलाल खनाल, खिमलाल भण्डारी र प्रेम खत्री एवम् कोषाध्यक्षमा विपिन पाण्डे लगायत अन्य ३५ सदस्य रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका क्षेत्र नम्बर २ का इन्चार्ज निम बहादुर पाण्डेले अब पार्टीका कार्यक्रताहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।त्यस्तै माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धी जिसीले कमिटिलाई बधाई ज्ञापन गर्दे निर्वाचनमा होमिन आग्रह  गरे । माओवादी केन्द्रलाई जिताउन धुर्कोट रूपन्देही सम्पर्क कमिटीको साथ महत्वपुर्ण रहेको उल्लेख गरे ।
विशेष अतिथि धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले गरेका कामको चर्चा गरेका थिए । नेता पोखरेलले अब आउने निर्वाचनमा सबै एकजुट भई पार्टीलाई जिताउन एकढिक्का हुन सबैलाई आग्रह गरे । कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता, विभिन्न भातृ संगठनका प्रमुख लगायत नेता कार्यक्रताको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता