भुपाल पोख्रेललाई पुनः अध्यक्षमा उठाउने माओवादी केन्द्रको निर्णय !



चैत २७ गुल्मी ।

नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) धुर्कोट गाउँ कमिटिले अध्यक्ष पदमा पुनः भुपाल पोख्रेललाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको गाउँ कमिटिको बैठकले पोख्रेललाई पुनः अध्यक्षमा उठाउने निर्णय गरिएको माओवादी केन्द्र धुर्कोट गाउँ कमिटिका अध्यक्ष गोपाल कुवरले बताए ।
भुपाल पोख्रेलले धुर्कोटमा नमुना काम गरेको र पाटीका सबै कार्यकर्ताको चाहना भुपाल पोख्रेललाई पुन अध्यक्षमा दोहोराउने माग भएका कारण अध्यक्षमा सर्वसहमत सिफारिस गरिएको उक्त पाटीले जनाएको छ ।
धुर्कोट गाउँपालिकाले पाँच वर्षको अबधिमा नमुना कार्य गरेको छ भने अध्यक्ष भुपाल पोख्रेलको चौतर्फी चर्चा रहेको छ । पोख्रेलको नेतृत्वमा धुर्कोट गाउँपालिकाले काचुली फेरेको स्थानीयहरु बताउछन् । यधपी धुर्कोटका जनता र पाटीको माग भुपाल पोख्रेल भए पनि गठबन्धनका कारण माओवादी केन्द्रले धुर्कोमा अध्यक्ष पदको पाउन गाह्रो पर्न सक्ने अनुमान गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता