बागलुङमा घरेलु मदिरा सेवन गरेका ४ मजदुरको मृत्यु !



साउन ५ ।

बागलुङमामा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको ज्यान गएको छ ।
जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति ज्यान गएको हो ।

गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको बताईएको छ । मृत्यु हुनेहरुको नाम ठेगाना केहीबेरमै सार्वजनिक गर्ने प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र  पोखरेलले बताए । दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता