नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको अध्यक्षमा बसन्त भुसाल चयन !



फागुन १० गुल्मी ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न भएको सम्मेलनले बसन्त भुसालको नेतृत्वमा आगामी ४ वर्षको लागि २१ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा बोम बहादुर विक, सचिवमा पवन पोखरेल र कोषाध्यक्षमा त्रिविक्रम ज्ञवाली रहेका छन् ।

त्यस्तै सम्मेलनले प्रगतिशित जनस्वास्थ्य महासंघको समेत गठन गरेको छ ।
कुमानन्द आचार्यको अध्यक्षतामा १५ सदस्यीय प्रगतिशित जनस्वास्थ्य महासंघको गठन गरिएको हो । जसको उपाध्यक्षमा बाबुराम कुँवर, सचिवमा देव बहादुर महतरा रहेका छन् ।

त्यस्तै बालकृष्ण बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को गठन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले संविधानको अक्षरशं कार्यान्वयन गर्दै सरकारलाई सफल बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताए । पूर्व मन्त्री समेत रहेका बरालले जनजिविकासँग जोडिएका काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसी, पार्टी सचिव अशोक थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता