नि :शुल्क उपचार गरेर जनतालाई नवजिवन दिदै मालिका गाउँपालिका



प्रेम सुनार गुल्मी, माघ २६ ।

विगत ४ बर्ष देखि पुर्ण रुपमा दृष्टि विहिन रहेका गुल्मीको मालिका गाउँपालिका–७ घमिरका ८० बर्षीय बृद्ध प्रेम बहादुर नेपालीले बिहिवार विहान देखि उज्यालो संसार देख्न पाएकोमा खुशीले गद्गद थिए । पालिका गाउँपालिकाले गत तिन दिन अघि देखि त्यस पालिका र यता नेत्रज्योति संघ , आँखा उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन गरी नेपालीको मोतिया विन्दु लागेको आँखामा सल्यपक्र्यिा गरिदिए पछि उनले ४ बर्ष पछि उज्यालो संसार देख्न पाएर खुशीले गद्गद भएका हुन ।

मादल बनाए जिविका गर्दै आएका नेपालीको एउटा आँखा चार बर्ष अघि फुलो परेर देख्न छाडे । लगत्तै अर्को आँखामा मोतिया विन्दु रोग लागे पछि उनी पुर्ण दृष्टि विहिन रहे । एकदमै विपन्न , त्यस माथी श्रीमतिको मृत्यु पश्चात छोरा छोरीले हेरविचार गरेनन । उनी बेसहारा भए ।

विहान बेलुकाको खान त अरुको आश गर्नु पर्ने उनी आँखाको उपचार गर्ने पैसा जुटाउन सकेनन । यसर्थ अन्धकार दुनियाँमा बसेका थिए । अहिले मालिका गाउँपालिकाले निशुल्क आँखा शिविर सञ्चालन गर्दा समेत उनलाई छोरा छोरीले शिविर सम्म ल्याई दिन सकेनन र छिमेकीले ल्याए आएका थिए । के गरुँ मेरो उपाय थिएन , अहिले त छर्लङ्ख देख्ने भएँ , नेपालीले भने अब त मादल बनाएर ज्यान पाल्न सक्छु होला ।

घमिरकै ८० बर्षीय कविराम बुढाले पनि त्यस शिविरमा निशुल्क सल्यक्रिया गर्ने अवसर पाए पछि आँखामा ज्योति पाएका छन् । मालिका ४ अर्खबाङ्खका ५५ बर्षी यामबहादुर दर्जी प्रेसरको विमारले आधा शरिर नचल्ने असाह छन् । त्यस माथी् आँखामा मोतिया विन्दुको रोगले एउटा आँखा देख्दैन्थे ।

श्रीमतिले डोराउँदै उनलाई शिविरमा ल्याइन र उनले दुबै आँखा देख्ने भएर फर्केका छन्् । दर्जिले भने उपचार गर्ने मेरो उपाय थिएन , मालिका गाउँपालिकाले भगवनले गर्ने काम ग¥यो, मेरो आत्माले आशिष दिनेछ । दुई दिन पालिका मै चलाईको शिविरमा ४२ जनाको अप्रेशन गरिएको र बाँकी १९ जनालाई तम्घास ल्याई कुल ६१ जनाको सल्याक्रिया गरिएको त्यस पालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त भुसाल बताउँछन् ।

उनी त्यस पालिकाको सुरु देखिकै स्वास्थ्य शाखा प्रमुख हुन । हाल सम्म त्यस पालिकाका ७ हजार भन्दा बढि मानिसहरुको निशुल्क आँखा परिक्षण दुई सय ५० जना बढिलाई मोतिया विन्दुको सल्यक्रिया गरिएको बताए । त्यस्तै २० औं बर्ष देखि कसैलाई नबताई पाठेघर खसेर पीडा सहँदै बसेका महिलाहरु करिव ४ हजारको संख्यामा लाभान्वित भएको उनले बताए ।

सल्यक्रिया पश्चात आँखाको पट्टी नखोल्नु अघि सम्म अन्धाकारपुर्ण अवस्थामा रहेका ती बृद्ध बृद्धाहरु पट्टि खोल्न साथ उज्यालो संसार नियाल्दै मुस्कुराउँदै थिए । त्यस पछि आँखा उपचार केन्द्र तथा सर्जिकल सेन्टर तम्घासका प्रमुख सुर्य बस्नेतले उनीहरु संग सोधपुछ गर्दै सबैले ताली पिटेर उनीहरुको उज्यालो संसार प्रति ताली हानेर खुशायाली मनाएका थिए ।

माघ २४ र २५ गते वडा स्तर सम्म पुगेर निशुल्क स्वास्थ्य शिविर राखेर हजारौंके् संख्यामा आँखा परिक्षण गरेको मालिका गाउँपालिकाले माघ २६ गते विहान मोतिया विन्दुको सल्यक्रिया गर्न बाँकी रहेका त्यहाँका आँखाका रोगीहरुलाई सदरमुकाम तम्घासको नेपाल नेत्रज्योजित संघ,, आँखा उपचार केन्द्रमा ल्यार सल्यक्रिया गरी घर पठाएको  स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

वडा स्तर सम्म निशुल्क आँखा शिविर राखिएको , परिक्षण गरिदा १ सय १२ जनामा मोतिया विन्दुको रोग देखा परी सल्यक्रिा गराउन लागिएको तर जनाभौगोलिक विकटता , गरिवी र अशिक्षाका कारण सबै सहभागि हुन नसकेर वडास्तरमा ४२ जना १९ जनालाई तम्घास ल्याई सल्यक्रिया यसपाली गरएको मालिका गाउँपालिका ६ का वडाध्यक्षअ दिपक भण्डारीले बताए ।

सबै लाभग्राहीको तर्फबाट बोल्दै मालिका ५ छापाहिलेका लाभग्राही ७५ बर्षिय डम्मर गिरीले आफुहरु जस्ता थुप्रै मानिसहरुलाई मालिका गाउँपालिकाले नवजिन दिएको बताउँदै धन्यवाद दिए ।

२०७६ सालमा मालिका गाउँपालिका संग सम्झौता गरी त्यस पालिका ८ को सिमलटारी बजारमा आँखा उपचार केन्द्र स्थापना गर्न सकिए देखि त्यहाँका आँखा रोगीहरुले उपचार पाउन थालेको नेत्रज्योति संघ तम्घासका सहसचिव कृष्णप्रसाद पोखरेलले बताए ।

सल्यक्रिया गर्न पाल्पा लाईन्स लाकौल आँखा अस्पतालका निर्देशक नेत्र बिशेषज्ञ डाक्टर सुचन पुनलाई झिकाईको थियो । सामाजिक र आर्थिक कारणले कोही दृष्टि विहिन रहन नपेरोस भन्ने आफुहरुको उद्देश्य रहेको उनका्ेँ भनाई थियो ।

भुसाललले स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकालाई अब्बल बनाउनमा महत्वपुर्ण भुमिका खेलेको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए ।

जनताको स्वास्थ्य ठिक नभए विकासको कुनै अर्थ नरहेकोले आफुहरुले जनताको स्वास्थ्यमा बिशेष ध्यान दिदै आएको मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालको धारणा छ । उनले घर घरमा पालिकाको गाडी लिएर जनताको स्वाथ्य उपचार गर्न जाने र पालिकामा आए छोडन पनि गाडी नै पठाईने बताउँदै स्वास्थ्य र शिक्षमा सहज पहुँच नै अबको विकास रहेको बताए ।

निशुल्क स्वास्थ्य शिविर समापन कार्यक्रमका प्रमुख अतिथी नेत्रज्योति संघ गुल्मीका सभापति शेरबहादुर थापाले विकट थलो मालिका गाउँपालिका भित्र पाठेघरको समस्या भएका र मोतिया विन्दुको रोगी भएका मानिसहरुको भयावह अवस्था रहेको र क्रमिक रुपले उनीहरुको निशुल्क उपचार गरेर त्यस मालिकाले सह्रायिन काम गरेको बताए ।

मालिका गाउँपालिकाका जनप्रतिनिधीहरुले जनताको स्वास्थ्य ठिक छैन भने किासको के अर्थ भने झै अन्य स्थानीय तहले पनि जनताको स्वास्थ्यमा ध्यान दिन सके विपन्न र बेसहरा घमिरका बृद्ध प्रेम नेपाली जस्ताले दृष्टि पाउन सक्थे र मालिका गाउँपालिकाका २० र्औ बर्ष सम्म पाठेघर खसको पीडा सहेका महिलाले पालिका गाउँपालिकाद्धारा निशुल्क उपचार पश्चात मुक्ती पाउन सक्थे । जनताको स्वास्थ्यमा त्यसरी नै ध्यान दिइयोस ।

 

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता