दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्धमा गुल्मीमा पनि प्रर्दशन



भदौ -२ गुल्मी ।
शेर बहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्धमा गुल्मीमा पनि अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सदरमुकाम तम्घासमा राके जुलुस सहित विरोध प्रर्दशन गरेका छन् । युवा संघका नेता तथा कार्यकर्ताहरुले नेकपा एमाले पार्टी कार्यालय बाट निकालेको राके
जुलुस जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी आएर नारा बाजी गरेका थिए । विरोध प्रर्दशनमा उनिहरुले अध्यादेश खारेज गर, परमादेश सरकार मुर्दावाद जस्ता नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता