तत्काल विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउन अखिल (क्रान्तिकारी) गुल्मीको माग !



ज्येष्ठ २० गुल्मी ।
नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी) गुल्मीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई गुल्मीलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार जिल्ला संयोजक राज खड्का र सदस्य सिभ भुसाल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीलाई ज्ञापनपत्र बुझाएको हो ।
जिल्ला संयोजक राज खड्काले हस्ताक्षर गरेको ज्ञापनपत्रमा, तत्काल सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनु पर्ने , सामुदायिक विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमको आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेद र विभिन्न बाहानमा लिने गरेको शुल्क बन्द गर्न माग गरेको छ । त्यस्तै सार्वजनिक यातायातमा विद्यार्थीको परिचयपत्रका आधारमा दिनु पर्ने ४५ प्रतिशत सहुलियत कडाईका साथ कार्यान्वयन गर्नु पर्ने र कमिशनको लोभका कारण हरेक वर्ष निजि शैक्षिक सस्थाले पाठ्यपुस्तक परिवर्तन गरि विद्यार्थी र अभिभावकमा आर्थिक भार थप्ने र उनिहरु माथी परेको नकारात्मक प्रभाव प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउदै यस्ता गतिविधि रोक्न माग गरेको छ ।

यता ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले विद्यार्थीहरुका माग जाहेज रहेको बताउदै आफुले सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिक्रिया दिए । भने जिल्ला विकास तथा शिक्षा समन्वय इकाईका प्रमुख लोकनाथ मरासिनीले पनि विद्यार्थीका माग समसामयिक रहेको बताउदै सम्बन्धित निकायलाई थप सचेत बनाउने प्रतिक्रिया दिएका छन । धेरै ठाउँमा पाठ्यपुस्तकको बारेमा कुरा गरीसकेको मरासिनीले बताए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता