छत्रकोट गाउँपालिकाको नीति :युवालाई काम घरघरमा दाम



असार -१६ गुल्मी ।

छत्रकोट गाउँपालिकाले आउदो आर्थीक वर्ष २०७८/७९ लाई युवा वर्ष घोषणा गरी युवा वर्षको रुपमा मनाउने नीति लिएको छ ।
युवालाई काम घरघरमा दाम नीति अनुरुप युवा लक्षित गतिविधि र युवा रोजगारीलाई प्राथमिकतामा राखीएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।
विभिन्न प्रकारका उद्यमी तालिम सञ्चालन गरी आर्थीक वर्ष २०७८/७९ मा तीन सय ८ जना युवालाई स्वरोजगार बनाउने नीति पनि गाउँपालिकाको रहेको छ ।
त्यस्तै रोजगारी सिर्जनाको लागी गाउँपालिका अध्यक्ष संग युवा कार्यक्रम सुरु गरिने गाउँपालिकाको नीति रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत पुण्य पौडेलले बताए ।
युवा लक्षीत कार्यक्रमको लागी आवश्यक बजेट विनियोन गरिने उपाध्यक्ष नर्मदा भण्डारीले बताईन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता