चेम्वर अफ कमर्स द्धारा सत्यवतीका पहिरो पीडितलाई राहत वितरण



सुरेश थापा, गुल्मी
नेपाल चेम्वर अफ कमर्स काठमाडौं र चेम्वर अफ कमर्स गुल्मीले सत्यवती गाउँपालिकाको वडा नम्बर ३ डुलो लुम्पेक र वडा नम्बर ४ लिम्घाका पहिरो पीडितलाई नगद राहत सामाग्री सहयोग गरेको छ ।
गुल्मी चेम्वर अफ कमर्स गुल्मीका अध्यक्ष युवराज न्यौपानेको नेतृत्वमा ठुलो लुम्पेक र लिम्घामा पुगेको उक्त टोलीले लत्ताकपडा र नगद राहत कोष संकलन समितिलाई हस्तान्तरण गरेको हो ।
क्लवका अध्यक्ष न्यौपानेले पीडितको चर्केको घाउमा मलम लगाउन सहयोग लिएर आएको र आफुपनि सत्यवती गाउँपालिकाबासी भएकोले पीडितहरुको घाउले आफुलाई समेत पोलेकोले विभिन्न संघसंस्थाहरु मार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको जानकारी दिए ।

पहिरो पीडितलाई झण्डै ७ लाख बराबरको राहत सहयोग गरेको क्लवका महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
गत साउन ६ गते सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा परेर लिम्घा र लुम्पेकमा १३ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढि घरपरिवार विस्थापित भएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता