गुल्मेली चेली यमुना अर्यालको आवाजमा सजिएको तीज गीत बुट्टे फरिया बजारमा



नेपाली महिलाहरुको महान पर्व तिज नजिकीदै छ । बजारमा दैनिक दर्जनौँ तिज गितका विभिन्न भाकाहरु धमाधम आईरहेका छन् । नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा गायिकाहरुले तिज गितमा आफ्नो स्वर दिएका छन् ।

यसै वर्ष तीज गीतको भिँडभाडमा बुटवललाई कर्मथलो बनाई बस्ने गुल्मेली चेली यमुना अर्याल र सुनिल घिमिरे क्षेत्रीको आवाजमा सजिएको मायाँ प्रेममा आधारित तीज गीत बुट्टे फरियाले नेपाली सांगितिक बजारमा चर्चा बटुल्दै छ ।

गत वर्ष चर्चित गायक खुमन अधिकारीसंग अर्यालको माहुरी बोलको तिज गीतले दर्शक तथा श्रोताहरुको राम्रो साथ एंव मायाँ पाएको थियो । यस वर्ष यमुनाको बुट्टे फरिया संगै सानु ढलकेर नाच बोलको तीज गीत समेत केही दिनमा सार्वजनिक हुन लागेको चुलबुले सुन्दरी गायिका यमुनाले जानकारी दिईन ।

यमुनाले हाल सम्म ६ वटा तिज गित तथा २ वटा लोक तथा दोहोरी गितमा आफ्नो स्वर दिएको बताएकी छिन् ।सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगित रहेको बुट्टे फरियाको म्यूजिक भिडियोमा मदन खड्का र रिना थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । विरेन्द्र भट्टको सम्पादन, अनिल राईको छायाकंन रहेको भिडियोको मदन खड्काले निर्देशन गरेको गायिका अर्यालले बताईन ।

यसै गरि सानु ढलकेर नाँच बोलको तिज गीतमा यमुना अर्यालसंगै दिपक कुमाल सर्गमको स्वर रहेको छ । प्रसंन्न म्यूजिक प्रा।लि।को प्रस्तुतीमा रहेको तीज गीतमा अम्मर घर्तिको लय तथा शब्द रहेको छ । हेमन्त शिशिरको एरेन्ज तथा मिक्सिङ्गमा रहेको म्यूजिक भिडियोमा चर्चित मोडेल जेम्स वि।सि र पवित्रा कुमालको अभिनय रहेको छ । गीतमा नमराज घिमिरेको छायाकंन तथा बिरबहादुर थारुको सम्पादन रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता