गुल्मीमा ४१ सय घर खरका छाना विस्थापित



हुमाकान्त पोखरेल
गुल्मी२१ माघ ।

गुल्मीमा खरका छाना विस्थापित गरी टिका छाना लगाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये केहिले आर्थिक बर्ष २०७४÷७५ मै खरका छाना विस्थापन कार्यक्रमको लागि बजेट विनियोजन गरेका थिए । भने केहि स्थानीय तहले यो बर्ष नै खरका छानामुक्त स्थानीय तह घोषणा गर्दैछन् । यो बर्ष मात्रै जिल्लाका दुई नगरपालिकासहित सात स्थानीय तह खरका छानामुक्त स्थानीय तह घोषणा हुँदैछन् ।

यो बर्ष खरका छानामुक्त हुने स्थानीय तह

जिल्लाको इस्मा गाउँपालिमा कुल लाभग्राही ५३८ मध्ये ५०२ परिवारले घरमा जस्ता पाता लगाएका छन् । आर्थिक बर्ष ०७४÷७५ मा गाउँपालिकाले कुल एक करोड विनियोजन गरेको थियो । त्यसबाट गाउँपालिकाका ३०५ परिवारले घर टिनले छाए । ०७५÷७६ मा गाउँपालिकाले ५० लाख र संघिय सरकारले १७ लाख ५० हजार गरी कुल ६७ लाख ५० हजारबाट १९७ परिवारले टिन लगाए । यो बर्ष बाँकि ३६ घरको खरका छाना विस्थापनको लागि गाउँपालिकाले १० लाख विनियोजन गरेको छ । यो सगँै यहि आर्थिक बर्षमा इस्मा गाउँपालिका खरका छानामुक्त गाउँपालिका बन्ने गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

मालिका गाउँपालिमा कुल एक हजार ४७७ जना लाभग्राही छन् । जसमध्ये एक हजार परिवारले खरका छाना विस्थापित गरी टिन लगाइसकेका छन् । भने बाँकि ४७७ परिवारले यो बर्ष टिन पाउँदैछन् । गाउँपालिकाको वडा नम्बर ६ अर्जै खरका छानामुक्त वडा घोषणा भइसकेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७४÷७५ मा विनियोजन गरेको एक करोड बजेटबाट चारसय घरलाई जस्ता वितरण गरेको थियो । त्यस्तै ०७५÷७६ मा एक करोड ५० लाखबाट छ सय घरमा टिन पु¥र्याएको थियो । यो बर्ष एक करोड २५ लाख बजेटबाट बाँकि ४७७ घरमा टिन लगाएसँगै गाउँपालिका नै खरका छानामुक्त घोषणा हुने प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।
मुसिकोट नगरपालिकाले आ.व. ०७४÷७५ मा ५० लाख बजेटबाट १७२ घर तथा ०७५÷७६ मा एक करोड बजेटबाट २२४ घरको खरका छाना विस्थापित गरेको छ । कुल ९७४ लाभग्राही रहेको नगरपालिकामा हालसम्म ३९६ परिवारमा टिन लगाइएको छ । यो बर्ष बाँकि ५७८ घरको लागि दुई करोड बजेट विनियोजन गरीएको र असार मसान्तसम्म नगरपालिकालाई खरका छानामुक्त घोषणा गर्ने कार्यक्रम रहेको कम्युटर अपरेटर समुद्र विक्रम रायमाझिले जानकारी दिए ।


धुर्कोट गाउँपालिकाको वडा नम्बर २ पिपलधारा खरका छानामुक्त वडा घोषणा भइसकेको छ । गाउँपालिकाले आ.व. ०७४÷७५ मा एक करोड ५० लाख तथा ०७५÷७६ मा १० लाख विनियोजन गरेको थियो । उक्त बजेटबाट हालसम्म ४३१ घरमा टिन लगाइएको छ । बाँकि रहेका ४० घरको लागि यो बर्ष १५ लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए ।
रुरुक्षेत्र गाउँपालिकाका कुल २९४ लाभग्राहीमध्ये कुल ८३ परिवारले टिन लगाए । जसको लागि गाउँपालिकाले २४ लाख १६ हजार ९३ रुपैँया तथा संघिय सरकारले २० लाख विनियोजन गरेको थियो । बाँकि रहेका १७१ घरमा टिन लगाउनको लागि गाउँपालिका र प्रदेश सरकारबाट २५÷२५ गरी ५० लाख विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले बताए ।

मदाने गाउँपालिका पनि यसै आर्थिक बर्षमा खरका छानामुक्त गाउँपालिका घोषणा हुँदैछ । कुल लाभग्राही ५८३ रहेको मदानेमा हालसम्म ४८३ परिवारले टिन लगाए । गाउँपालिकाले खरका छाना विस्थापनको लागि आ.व. ०७४÷७५ मा एक करोड तथा ०७५÷७६ मा दुई करोड विनियोजन गरेको थियो । बाँकि सय घरमा यो बर्ष टिन पु¥र्याइने प्रमुख प्रशासकिय अधिृकत शुरेश भण्डारीले जानकारी दिए ।
रेसुगां नगरपालिकाले आ.व. ०७४÷७५ मा ३० लाख तथा ०७५÷७६ मा ४२ लाख विनियोजन ग¥र्यो । उक्त बजेटबाट कुल लाभग्राही ६५० मध्ये ४८० परिवारले टिन पाए । बाँकि १७० परिवारलाई यो बर्ष विनियोजित ५० लाखले टिन पु¥र्याइने सूचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए ।
गुल्मीदरबार गाउँपालिकाले आ.व. ०७४÷७५ मा २० लाख तथा ७५÷७६ मा २६ लाख विनियोजन गरेको थियो । गाउँपालिकाका कुल लाभग्राही ४६६ घरमध्ये १८२ घरमा टिनका छाना लगाइएको छ । बाँकि २८४ घरको लागि भने यो बर्ष बजेट नभएको सूचना अधिकारी नवराज घिमिरेले बताए ।
चन्द्रकोट गाउँपालिकामा कुल एक हजार ६१ लाभग्राहीमध्ये ३२९ परिवारले खरका छाना विस्थापन गरी टिनका छाना लगाएका छन् । आ.व. ०७४÷७५ मा १५ लाख बजेटबाट ३५ तथा ०७६÷७७ मा एक करोड ३२ लाख बजेटबाट २९४ परिवारले टिन पाए । यो बर्ष पनि गाउँपालिकाले टिन खरिदको लागि ५० लाख विनियोजन गरेको प्रमुख प्रशासकिय अधिृकत कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
सत्यवती गाउँपालिकामा चालु आर्थिक बर्षबाट खरका छाना विस्थापन अभियान सुरु गरिएको छ । जसअनुसार यो आ.व. मा एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । गाउँपालिकामा कुल ८५० लाभग्राही छन् । आफुहरुको कार्यकाल अवधिभर सबै घरमा टिनका छाना पु¥र्याउने गाउँपालिकाका अध्यक्ष ढकालले बताए ।
कालिगण्डकी गाउँपालिकाले खरका छाना विस्थापन अभियानमा बजेट विनियोजन गरेको छैन । गत बर्ष प्रदेश सरकारको ३० लाख अनुदानमा ५० परिवारले टिन लगाएपनि गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । छत्रकोट गाउँपालिकाले पनि २३१ परिवारमा टिनका छाना पु¥र्याएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता