गुल्मीमा विद्युत सट भएर घर र गोठमा आगलागी हुँदा ५० लाख बराबरको क्षति !



पुस -१४ गुल्मी ।

गुल्मीमा एक घर गोठमा आगलागी हुँदा ५० लाख भन्दा धेरैको नोक्सानी भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका २ धागिथुमका ५५ वर्षीय गोपाल पन्थीको घर र गोठमा आगलागी भएको हो ।
दुई तले कच्ची घर र गोठमा विद्युत सट भएर आगलागी हुँदा घर गोठ जलेर पुर्ण रूपमा नष्ट भएको छ ।

कुनै मानवीय र पशुचौपायको क्षति नभएको गुल्मी प्रहरीले जनाएको छ । ६ क्विन्टल मकै जौ ,२५ केजिका सात बोरा चामल,७ बोरा पशुदाना,
भाडाकुडा ,चार ट्रली भैसिको घास,तीन ट्र्ली दाउरा,घर गोठ बनाउने काठ,लत्ताकपडा ,घर गोठको मुल्य गरी पचास लाख ७ हजार बराबरको क्षेती भएको बताईएको छ ।

साथै सोहि घरमा डेरा लिएर बसेकाहरुको पनि कपडा,खाद्यान्न तथा विभिन्न सामाग्री जलेर नष्ट भएको छ ।
गएराती करिब १:२० को समयमा आगलागी भएको थियो । आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३:३० बजे नियन्त्रणमा लिएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता