गुल्मीमा नि :शुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण 



२३ फागुन, गुल्मी ।

गत शनिबार फागुन २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा म्याद गएको औषधि वितरण भएको पाइएको छ । शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।

शिविरमा चौराहा अस्पतालबाट प्रदान गरिएको औषधि म्याद सकिएको पाइएको हो । निशुल्क वितरण गरिएका औषधिमध्ये नसा सम्बन्धी बिरामीलाई वितरण गरिएको मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजोय १० नामक औषधिको म्याद गएको पाइएको थियो ।

शिविरमा म्याद गएका औषधि वितरण गरिएको पाइएपछि खोज्दै जाँदा ९ जनालाई वितरण भएको १३ थान औषधि नगरपालिकाले फिर्ता ल्याएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

अगष्ट २०२१ मा उत्पादन भइ शिल गरिएको उक्त औषधिको म्याद जनवरी २०२३ सम्म छ । जुन औषधि मार्च ५ मा भएको शिविरमा वितरण गरिएको थियो ।

म्याद सकिएको झन्डै तीन महिनापछि वितरण गरिएको पाइएको छ । यसरी म्याद सकिएको औषधि वितरण गरेर सोझासाझा जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको छ ।

यसरी स्वास्थ्य जस्तो संम्वेदनशील विषयमा लापरबाही भएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । शिविरमा म्याद सकिएका औषधि वितरण भएको जानकारी पाएपछि वितरण भएको औषधि नगरपालिकाले फिर्ता ल्याएको बताए । म्याद सकिएको औषधि वितरण गरेको पाएपछि यसको स्पस्टिकरण पेश गर्न नगरपालिकाले चौराह अस्पताललाई पत्र पठाएको थियो ।

चौराह अस्पतालले स्पष्टीकरणमा आफूहरुबाट गल्ती भएको स्वीकार गरेको छ । तम्घासको महेन्द्र माध्यमिक विद्यालयलमा चलेको शिविरमा ६८९ सेवा लिएका थिए ।

स्रोत अनलाइन खबर

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता