गुल्मीमा जिप दुर्घटना हुँदा विद्युत् प्राधिकरणका ७ जना घाइते



टोपलाल अर्याल फागुन ११ ।

गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको छ ।

दुर्घटनामा नेपाल बिद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवँर र शेरबहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।

उनीहरु सवैको उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको घलेले बताए । प्राधिकरणको टोली जुहाङ खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हिडेको प्राधिकरणका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता