गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार !



कार्तिक-२ गुल्मी ।
गुल्मीमा छोराले आफ्नै बाबुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका ४ जैशिथोकका २९ वर्षिय राजेन्द्र घर्तीमगरले आफ्ना बाबु ५५ वर्षिय हरि घर्तीमगरलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरायसी विवादका कारण बाबुमाथि खुकुरी प्रहार भएको बताइएको छ । सोमबार बिहान १०:३० बजेको समयमा खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार बाट घाइते हरि बहादुरको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता