गुल्मीमा कुलो खन्दा तीन जना घाइते !
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2023/07/358107860_6092911130813717_1809646522029061894_n.jpg?fit=2048%2C996&ssl=1)
साउन १४ गुल्मी ।
गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन्।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर -२ चेहमी सिंचाई कुलोमा कुलो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा सोही वडाका ६८ वर्षीय भगवती कुँवर,वर्ष ४६ की लक्ष्मी दर्जी र ४१ वर्षकी प्रेमकला कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
घाइतेहरुको खुट्टा र शरीरका अन्य भागमा चोट लागेकाले पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।