गुल्मीमा कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकियोः १७४५ जनाले लगाए खोप



माघ -२४ गुल्मी ।

गुल्मीमा कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।
माघ १५ गते देखी सुरु भएको अभियान आज माघ २४ गते सकिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आर्चायले बताए ।

जिल्लाका स्वास्थ्यकर्मी, महिला स्यंमसेवीका, निजि मेडीकलमा कार्यरत स्वास्थ्यकर्मी तथा शव व्यवस्थापनमा घटिएका सुरक्षाकर्मी गरि एक हजार सात सय ४५ जनालाई कोरोना विरुद्धको पहिलो चरणको खोप प्रदान गरिएको हो ।

जिल्लामा एक हजार आठ सय ७२ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य रहेतापनि विविध प्राविधिक कारण लक्ष्य सम्म पुग्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मी जिल्लालाई ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता