गुल्मीको श्रृङ्गामा रोकिराखेको ट्रकसंग स्कार्पियो ठोकिदा तीन जना घाईते !



पुस -१ गुल्मी ।

जिल्लाको छत्रकोट गाउँपालिका ४ श्रृङ्गामामा रोकिराखेको ट्रक संग  स्कार्पियो ठोकिदा तीन जना घाईते  भएका छन् ।

बिहिवार बिहान ७ ः ३० बजेको समयमा तम्घास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ज ३९६० नम्वरको स्कार्पियो श्रृङ्गामा रोकिराखेको  लु २ ख ४४२७ नम्वरको ट्रक संग ठोकिदा ३ जना सामान्य घाईते भएका हुन् ।
घाईते हरुनेहरु रेसुङ्गा नगरपालिका ९ का ४७ वर्षीय पुरन नेपाली,उनकी ४४ वर्षीया श्रीमती चन्द्रि कुमारी नेपाली र रेसुंगा नगरपालिका १३ का ४२ वर्षीय मिठु बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनिहरुलाई श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा रेफर गरिएको गुल्मी प्रहरीले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता