को को हुन् गुल्मी बाट उपसचिवमा सिफारीस भएका ८ जना (नाम सहित )



माघ १६ ।

काठमाडौं – लोकसेवा आयोगले मंगलबार सिफारिस गरेका ८३ जना उपसचिव मध्ये गुल्मी जिल्लाबाट ८ जनाले नाम निकाल्न सफल भएका छन् ।

आयोगले खुल्ला तथा आन्तरिकतर्फ लिएको परिक्षाबाट उपसचिवमा नाम निकाल्न सफल भएका मध्ये ८ जना गूल्मेली सिफारिस भएका हुन् ।

आयोगले लिखित परिक्षा, अन्तर्वार्ता र इन बास्केट एक्सरसाइजको प्राप्ताङ्कका आधारमा माघ १३ गते ८० जनालाई बढुवा तथा स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको थियो ।

गुल्मी बाट सिफारिस हुनेमा सामान्य प्रशासनमा रामप्रसाद ज्ञवाली रुरु क्षेत्र गाउँपालिका –४, रेसुङ्गा नगरपालिका १० का भुवन पाण्डे , धुर्कोट गाँउपालिका ७ बाबुराम घिमिरे र मदाने गाउँपालिका २ का खुमलाल भुसाल रहेका छन् । त्यस्तै लेखापरिक्षण सेवामा मदाने गाउँपालिका –३ का कल्पना अर्याल पोख्रेल तथा नेपाल न्याय सेवा अन्तर्गतको सरकारी वकिलमा धुर्कोट गाउँपालिका पाँचका सविता शर्मा धुर्कोट ५ र मालिका गाउँपालिका ८ का मुना पौडेल रहेका छन् ।

त्यस्तै खुल्ला तर्फ न्याय सेवा कानून समूहमा गुल्मीको मालिका ८ की विमला पौडेल रहेको आयोगले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता