इस्मामा कांग्रेस द्धारा उमेदवारहरुको मनोनयन दर्ता
गोकर्ण पाण्डे-बैशाख १२ ,गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकामा उत्साहजनक उपस्थितिका बिच नेपाली कांग्रेसका उमेदवारहरुको मनोनयन दर्ता भएको छ । सोमबार गाउँपालिकाको केन्द्र इस्मा रजस्थलमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा निकै उत्साहजनक उपस्थितिका बीच उमेदवारहरुको मनोनयन दर्ता भएको हो ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष भगत खड्काले उत्साहजनक जनसहभागिताका कारण आफुहरुमा निरन्तर हौसला बढेको बताउनु भयो।उम्मेदवारी दर्ता गर्दै नेता खड्काले आफ्नो उम्मेदवारी बिकास र समृद्धिको लागि भएको बताउनुभयो । खड्का विद्यार्थी जिवनदेखि नै निरन्तर नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छन्।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस कै तर्फबाट पार्वता कुँवरले उम्मेदवारको मनोनयन दर्ता गर्नु भएको छ। कुँवरले दर्ता गर्दै नागरिक लाई स्थानिय सरकारको अनुभुति दिलाउने प्रतिब्दता दिनु भयो। स्थानिय सरकारले प्रदान गर्ने सेवाहरु छिटो छरितो निष्पक्ष बनाई जनताको घरदैलो डेलिभरि गरिने कुँवरले बताउनु भयो। इस्मा सरकारले सञ्चालन गरेका बहु वार्षियो योजनाहरु सञ्चालन गरिने बताइन्।
आजको उत्साहजनक जनसहभागिता देखेर कुँवरले जित सुनिश्चित भएको बताउनु भयो।
त्यस्तै वडा नम्बर १ मा शेर बहादुर कुँवर, वडा २ मा लोक नाथ आचार्य, वडा ३ मा केशव कुँवर वडा ४ मा कृष्ण अर्याल वडा ५ मा झबिन्द्र अर्याल वडा ६ मा ढाल बहादुर कुवँर सहित सबै वडाका सदस्यहरु ले मनोनयन दर्ता गरेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचन मा यहाँ अध्यक्ष र उपाध्यक्ष सहित पाँच वडा वडामा नेकपा एमालेले जितेको थियो ।एक वडा नेपाली कांग्रेस जित्न सफल भएको थियो।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।