अज्ञात समुहले बाख्रा फर्ममा आगजनी गर्दा लाखौं क्षति ब्यहोरेका शाहलाई काँग्रेसको एक लाख सहयोग



 

माघ- ४ गुल्मी ।
पुस २३ गते अज्ञात समूहले बाख्रा फर्ममा आगजनी गर्दा ७० लाख भन्दा बढीको नोक्सानी ब्यहोरका चन्द्रकोट गाउँपालीका तीनका सौभाग्य शाहलाई नेपाली काग्रेंसले आर्थीक सहयोग प्रदान गरेको छ ।

शनिबार आगलागी पीडित शाहलाई थोरै भए पनि राहत पुर्‍याउने हेतुले नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिकाले १ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।
आगलागीका कारण फर्ममा रहेका २५ बाख्रा संगै बाख्राको खोर जलेर नष्ट भएको थियो ।

 

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति भगतसिंह खड्का, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्री, काँग्रेस चन्द्रकोट गाउँपालिका सभापति भिमलाल भण्डारी लगायतको उपस्थितीमा १ लाख बराबरको चेक हस्तान्तरण गरिएको हो । । साथै नेपाली काग्रेंसले दोषी चाडै पत्ता लगाई कारवाही गर्ने माग समेत गरेको छ ।
वडा अध्यक्ष तथा सौभाग्य शाहका बाबु किरण शाहले राजनितिक कारण नभई अन्य कारणले षडयन्त्र पुर्वक बाख्रा फर्ममा पेट्रोल छर्किएर आगजनी गरेको बताउदै आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता