अखिल (क्रान्तिकारी) गुल्मी द्वारा विद्यार्थीमाथी यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग



जेठ १० गुल्मी ।

आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कडा कारबाहीको माग गर्दै अखिल (क्रान्तिकारी) गुल्मीले प्रेस विज्ञप्ति जारी गरेको छ । विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट उक्त सङठनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो । अखिल (क्रान्तिकारी) गुल्मीका संयोजक राज खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । “त्याग, बलिदान र सत्यको रक्तरञ्जित ईतिहास निर्माण गर्ने सडकबाघाको रुपमा स्थापित हाम्रो महान तथा गौरबशाली संङ्ठन अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा देखिएका विकृति ,विसङती,सामाजिक अपराध का विरुद्धमा र राष्टियता ,जनतन्त्र र जिनजिविकाको पक्षमा सदैव संघर्ष गर्दै आईरहेको सबैमा सर्वविदितै छ ” ।

साथै पछिल्लो समय देशभर शिक्षालयहरुमा छात्राहरु माथि विभिन्न खाले हिंसा भैइ रहेका छन । त्यस्तै पछिल्लो समय जिल्लाको सत्यवती गाउँपालिका ५ स्थित सत्यवती माविमा अध्ययनरत छात्रा माथी भएको यौन दुव्र्यवहारको घटना प्रती हाम्रो सङठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

आरोपित सोही विद्यालयमा अध्यापन गराउने शिक्षक प्रकाश भट्टराई र निलकण्ठ गौतमलाई कुनै पनि आर्थिक लोभ,प्रलोभन तथा राजनीतिका पुर्वाग्रह नराखी कानुन बमोजिम कारबाही गर्न माग गर्दछौं । साथै विज्ञप्तिमा सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई लुटिरहेको उल्लेख गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग समेत गरेको छ ।

यो पनि पढनुहोस

आफ्नै विद्यार्थीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ !

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता