बडिगाडमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न : गाउँपालिका अध्यक्ष थापा सम्मानित



सागर भण्डारी,बडिगाड 

बडिगाड गाउँपालिकामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । अन्तर पार्टी महिला सञ्जाल बागलुङको आयोजनामा भर्खरै निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले महिलाहरुलाई नेतृत्व तहमा आउन आग्रह गर्दै आगामी स्थानीय तह निर्वाचनमा महिलाहरु पनि वडाध्यक्ष,उपाध्यक्ष तथा अध्यक्ष जस्ता नेतृत्व तहमा प्रतिष्प्रधामा आउनुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले महिलाहरु आर्थिक रुपमा सक्षम भएमात्रै उनीहरुको सर्वाङ्गीण विकास हुने भएकाले बडिगाड गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आर्थिक उपार्जनसगं जोड्न विभिन्न सीपमूलक तथा व्यवसायिक तालिमहरु सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा नेपाल महिला सघं अध्यक्ष शकुन्तला शर्माले महिला नेतृत्व तथा क्षमता अभिवृद्धि सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै अधिवक्ता ममता शर्माले मुलुकी अपराध सहिंता २०७४ का विषयमा र अधिवक्ता लक्ष्मी बास्कोटाले योजना तर्जुमा तथा छनौट प्रक्रिया सम्बन्धमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु तथा विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै महिला नेतृहरु सहभागी भएका थिए । सोही अवसरमा सञ्जालले बागलुङ जिल्लामै पहिलो महिला पालिका अध्यक्षको रुपमा निर्वाचित बडिगाड गाउँपालिका अध्यक्ष थापालाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

कार्यक्रममा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन र प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका सहसचिव टिका बि.क,नेपाली काँग्रेस जिल्ला सदस्य सिता सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अन्तरपार्टी महिला सञ्जाल बागलुङका सभापति कुसुम बुढाको अध्यक्षता,सदस्य लक्ष्मी बोहोराको स्वागत मन्तव्य एवम् सचिव पिङ्गला जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता