२० वर्षपछि वामीटक्सारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा !



गुल्मी : जिल्लाको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा झण्डै २० वर्षपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःसञ्चालनमा आउने भएको छ ।

माओवादी जनयुद्धका कारण सुरक्षा व्यवस्था कमजोर भएको भन्दै २०५८ सालमा वामिटक्सारको शाखा तम्घास शाखामा गाभिएको थियो । बैंकको शाखा वामिटक्सारमै पुनःस्थापना गर्न यहाँ बैंकका प्रतिनिधी र गुल्मी मुसिकोट वाणिज्य संघका पदाधिकारीबीच छलफल भएको छ ।

तत्कालिन समयमा वामीटक्सार शाखा लुम्बिनी अञ्चलमै सबैभन्दा बढि कारोबार गर्ने बैंक शाखाका रुपमा रहेको बैंकका लुम्बिनी प्रदेश कर्जा प्रमुख रोशन सुवेदीले जानकारी दिए । सुवेदीले आगामी बैशाखसम्म सेवा सुचारु गर्ने गरी काम अगाडी बढाउने प्रतिवद्धता जनाए ।

विसं.२०६२र६३ सालमा शान्ति सम्झौता भएपछि पटक-पटक शाखा पुनःस्थापनाको लागि बाणिज्य संघ र अन्य क्षेत्रबाट पहल भएको भएतापनि सफलता नमिलेको संघका सचिव महेश्वर घिमिरेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता