हप्ताको एक दिन भोकै बस्दा हुने फाइदा



के तपाईंको पाचन यन्त्रले कहिल्यै विश्राम पाएको छ रु किनभने तपाईं केही न केही खाइरहुनुहुन्छ । दिनमा तीन, चार पटक खानुहुन्छ । भोक लाग्छ, भरपेट खाइदिनुहुन्छ । हेर्दा स्वादिलो खानेकुरा भेट्नुहुन्छ, पेट चर्कनेगरी खाइदिनुहुन्छ । खानेकुरामा तपाईं पछि हट्नुहुन्न । जे पाइन्छ, खाइदिनुहुन्छ । जे आउँछ, मज्जाले पचाउँछ शैलीमा ।

यद्यपी हाम्रो शरीरले सबै कुरा पचाउन सक्दैन । यसरी अपच हुने खानेकुरा शरीरबाट बाहिर निष्कासन हुन्छ । त्यसमध्ये कति विकार भने शरीरभित्रै रहन्छ । यही विकार हो, शरीरलाई रोगी बनाउने ।
हामी शरीरका लागि आवश्यक खानेकुरा पनि सेवन गरिरहेका हुँदैनौं । कुन खानेकुरामा कुन किसिमको पोषक तत्व पाइन्छ, कसरी सेवन गर्दा ति पोषक तत्व प्राप्त हुन्छ, दिनमा कति पटक खानुपर्छ रु इत्यादि कुरामा त हामीलाई न चासो छ, न ज्ञान । अर्थात खानपानमा हामी त्यती सर्तक र सचेत छैनौं । यही कारण हाम्रो पाचन यन्त्र क्रमस शिथिल हुँदै जान्छ । कलोजो लगायतका अंगले सही ढंगले कार्यसंचालन गर्न छाड्छ ।

पाचन यन्त्र नै कमजोर भएपछि शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन । शरीरलाई आवश्यक पोषक तत्वको अभाव भएपछि नै हो हामीलाई रोगले जित्ने । अर्थात शरीरले रोगसँग लड्ने क्षमता गुमाउँछ । यसर्थ पाचन यन्त्रलाई चुस्त, बलियो राख्नका लागि हामीले खानपानमा केही अनुशासन पालना गर्नैपर्छ ।

खानपान सम्बन्धी अनुशासनको कुरा गर्दा उपवास पनि आउँछ । सही र सन्तुलित खाना खाएर मात्र पुग्दैन, बेलाबखत पाचन यन्त्रलाई विश्राम पनि दिनुपर्छ । खाली पेट बस्नुपर्छ । यसलाई हामीले ब्रत, उपवास, फास्टिङ जे नाम दिएपनि हुन्छ । यो एक दिन, दुई दिन सम्मको हुन्छ, आफ्नो अवस्था हेरेर । शरीरको शुद्धिकरण गर्न विशेष किसिमको विधी अपनाउन सकिन्छ, खानपानलाई नियन्त्रण गरेर । यस्तो विधी अन्र्तगत भोकै बस्ने, फलफूल मात्र खाने, उसिनेको खानेकुरा मात्र खाने वा सुपाच्य भोजन मात्र गर्ने तौरतरिका अपनाइन्छ ।

अहिले साउन महिना पनि छ । साउनलाई हामी उपवासको महिना पनि भन्छौं । साउनको सोमबार कतिपय उपवास बस्ने गर्छन् । यसमा धार्मिक आस्था जोडिएको छ ।

धार्मिक आस्थाको हिसाबले होस् वा स्वास्थ्यप्रति सर्तक भएर, उपवास बस्नु फाइदाजनक छ । भरपेट खानुमा मात्र फाइदा छैन, भोको पेट बस्नुमा पनि फाइदा छ ।

हप्तामा एक दिन भोकै बस्नुको फाइदा

हप्तामा एक दिन भोकै बस्न सकिन्छ । यसका लागि हामीले यस्तो दिन छनौट गर्न सक्छौं, जुन दिन हामीले शारीरिक श्रम धेरै गर्नुपर्ने अवस्था हुँदैन । यसरी एक दिन खाली पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ । शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्कन्छ । शरीर स्वस्थ्य हुन्छ ।पेटको रोगबाट मुक्ति

हामी कुनै न कुनै किसिमको पेटको रोगबाट ग्रस्त छौं । खाना खान त लोभ गर्छौं, तर पेटले सहँदैन । पेट फुलिन्छ । अपच हुन्छ । धेरै खानेकुरा खाएमा पखला लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ ।

हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन भोको बस्दा कतिपय दीर्घ रोगमा पनि लाभ मिल्छ । खासगरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन खाली पेट बस्दा मुटुको समस्यामा पनि लाभ पुग्छ । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।
अन्लाईन खवर बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता