विप्लवको चेतावनी : घमिरको वडा कार्यालय तोडफोड गर्नेलाई छिटो कारबाही होस् !



माघ १० गुल्मी । पछिल्लो समय गुल्मीको मालिका गाउँपालिकामा घटेका घटना प्रती विप्लव नेतृत्वको नेकपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि सार्वजनिक नगरे पाटिले अनुसन्धान गरि सत्यतथ्य छानबिन गरि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला पाटी सेक्रेटरी माहुरीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । ” गत मङ्सिर सात गते गुल्मीको मालिका गाउँपालिका वडा नम्बर सात स्थित देविस्थान मावीमा निर्माणधिन नंया भवन अज्ञात समुहले भत्काएको थियो उक्त घटना सरकारी योजनामानै केहि स्वार्थ समुहले नियोजित घटाएको भनी स्थानीयको जनगुनासो हुदै आएको छ “।

साथै विज्ञप्तिमा उल्लेख गरिएको छ ” त्यसै गरि उक्त गाउँपालिकाकाकै वडा नम्बर सातको कार्यालय बाट असोज १० गते ६० हजार नगद , पुस ९ गते ३० हजार नगद एक थान ल्यापटप र माघ ७ गते कार्यालय मा रहेको एक थान कम्प्युटर चोरी र अन्य भौतिक सामाग्री माथी तोडफोड भएको भनिएको छ ।

पटकपटक एउटै कार्यालयमा एउटै प्रकृतिका घटना दोहोरिरदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको छ । साथै स्थानीय जनताले लगाएको केराबारी फाडिएको घटना समेत सार्वजनिक भएको छ । यि दुबै घटनामा स्थानीय निकाय जनप्रतिनिधि केहि ठेकेदार समेत सङलगन रहेको छ भनी व्यापक जनगुनासो आएको हुँदा उक्त घटनाको सत्यतथ्य छानबिन होस ” ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता