सुन्तलाको खानी धुर्कोटको नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा रोपिदै



असार -२५ ।

गुल्मी: सुन्तलाको लागी निकै प्रसिद्ध रहेको गुल्मीको धुर्कोट गाउँपालिका एक नयाँगाउँको काउलेमा पाँच हजार सुन्तलाका विरुवा लगाईने भएको छ ।
परम्परागत देखी गरिदै आएको सुन्तला खेतीलाई आधुनिक तथा प्रविधि मैत्री विधि बाट सुन्तला उत्पादन तथा प्रर्वद्धन गर्ने उदेश्यका साथ चक्लाबन्दी विधि बाट सुन्तला खेती सुरु गरिएको हो ।
चक्लाबन्दी विधि बाट गरा सुधार गरी दुई सय रोपनी जग्गामा पाँच हजार सुन्तलाका विरुबा लगाउन शुक्रबार देखी सुरु गरिएको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल सुन्तलाका बिरुवा रोपण गदै गाउँपालिका कृषक संगै रहेको प्रतिक्रिया दिएका छन् । उनले भने “हामी कृषी प्रधान देशका नागरीक हौं, कृषी बाटै हाम्रो समृद्धी हुनेछ तपाईहरुले काम गर्नुहोस जुटुनुहोस गाउँपालिका तपाई संगै छ “।

स्थानीय सुर्यदय बहुउद्देश्यीय सहकारी संस्था र प्रधानमन्त्री कृषी आधुनीकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई गुल्मीको साझेदारीमा सुन्तलाका विरुबा लगाउन सुरु गरिएको सहकारीका अध्यक्ष चेतमान कुवंरले जानकारी दिए ।
२१ लाख २६ हजार ६ सय २१ रुपैयाँ कुल लागत रहेको योजनामा सहकारीले दश लाख ६३ हजार तीन सय १५ रुपैयाँ लगानी गरेको छ । भने प्रधानमन्त्री कृषी आधुनीकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई गुल्मीले नौं लाख ९७ हजार पाँच सय ६७ रुपैंया अनुदान उपलब्ध गराएको छ ।
किसानको लागी आवश्यक ज्ञान सिप तथा तालिम ,आधुनिक यन्त्र उपकरण प्रदान गरिएको छ । त्यस्तै किसानहरुले यस क्षेत्रलाई नमुना बगैचाको रुपमा स्थापना गर्ने , संरक्षण गर्न सिंचाई तथा सुरक्षाको लागी आवश्यक सहयोग गर्नु पर्ने किसानको माग रहेको छ ।
आज देखी सुरु गरिएको सुन्तला रोपण कार्यक्रममा धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिव खत्री , प्रमुख प्रशासकिय अधिकृत कांशीराम पन्थी , कृषी अधिकृत अन्जली गौतम त्यस्तै यता  प्रधानमन्त्री कृषी आधुनीकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई गुल्मी प्रमुख नारायण काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता