सत्यवतीका पहिरो पीडितलाई मदाने गाउँपालिका द्वारा आर्थिक सहयोग ।



डि.बि खड्का ,गुल्मी

गुल्मीको सत्यवती गाउँ पालिका का पहिरो पीडित लाई जिल्लाको मदाने गाउँ पालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । मदाने गाउँ पालिकाको तर्फ बाट १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको मदाने गाउँ पालिकाका अध्यक्ष दान बहादुर केसिले जानकारी दिए ।

शनिबार मदाने गाउँ पालिकाका अध्यक्ष केसि , प्रमुख प्रशासकीय अधिकृत शुरेश भण्डारी सहितको जन प्रतिनिधिको टोलिले सत्यवती गाउँ पालिकाका अध्यक्ष पारिश्वर ढकाल लाई आर्थिक रकम हस्तान्तरण गरेको हो । सत्यवती गाउँ पालिकामा भएको दैवी प्रकोप प्रती दु:ख व्यक्त गर्दै यो पीडा सत्यवतीको मात्र नभैइ सिङ्गो गुल्मी जिल्लाको भएको अध्यक्ष केसिले उल्लेख गरे ।

त्यस्तै यता सत्यवती गाउँ पालिका अध्यक्ष पारिश्वर ढकालले सहयोगी हातहरु प्रती धन्यवाद ज्ञापन गरेका छन । अविरल वर्षाका कारण सत्यवती गाउँपालिका को वडा नम्बर तीन र चारमा पहिरोमा पुरिएर १३ जनाले ज्यान गुमाएका थिए भने कयौं घर विस्थापित भएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता