मालिकाका जेष्ठ नागरिकलाई रेडियो, टर्च लाईट र कम्बल उपहार !



गुल्मी अपडेट,माघ २१ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले एक सय २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास परियोजना कार्यक्रम अन्तर्गत वडा नम्बर पाँच छापहिलेका ७५ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई रेडियो, टर्च लाईट, कम्बल उपहार सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर पाँच छापहिले भौगोलिक विकटताका कारण वडाका दुइ स्थानमा कार्यक्रम आयोजना गरि सम्मान सहित सामाग्री प्रदान गरिएको हो ।

सम्मान सहित सामग्री पाउदा जेष्ठ नागरिक हर्षित भएका छन । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले मालिका गाउँपालिका सदैव नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो ।

साथै जेष्ठ नागरिकको सहाराको लागी रेडियो, टर्च लाईट तथा न्यानोको लागी बल्याङ्केट प्रदान गरिको बताउनुभयो । त्यस्तै उपाध्यक्ष देवा अर्याल रिजालले सानो सहयोगले जेष्ठ नागरिकको मुहारमा खुसी आउने बताउनुभयो ।

मुख्य मन्त्री ग्रामीण विकास परियोजनाका सदस्य रनमाया पुनले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता